रंगमञ्च

Video

चाडपर्वमा लाहुरेको पीडा झल्काउने दशैँ-तिहार गीत सार्वजनिक

नजिकिँदै गरेको दशैँ तथा तिहारलाई लक्षित गर्दै नयाँ मर्मस्पर्शी लोकगीत ‘लाहुरेको दशैँ तिहार’ सार्वजनिक गरिएको छ। सन्तोष परियारको ओफिसियल युट्युब च्यानलमार्फत दर्शकसामु ल्याइएको यस गीतमा अञ्जिता विश्वकर्मा, सन्तोष परियार र ज्ञानु परियारको सुमधुर स्वर...

Read More

चित्रपट/ प्रदर्शन

Video

दिपक-दीपा र केकी अभिनित ‘छ माया छपक्कै २’ को शिर्षक गीत सार्वजनिक, फूलपातीमा हल घन्काउने तयारी!

बहुप्रतिक्षित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ को आधिकारिक शिर्षक गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस गीतमा करण परियार, अभि सुनार, बिशाल निरौला र रश्मी विश्वकर्माको सुमधुर स्वर रहेको छ। गीतका शब्द र संगीत अभि सुनारले नै...

Read More
Video

विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ २’ दशैँमा आउँदै

विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ आगामी असोज ३० देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने भएको छ। चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले आरटी इन्टरटेनमेन्टको ओफिसियल युट्युब...

Read More
Video

नीति शाह र प्रभात पालको अभिनय रहेको ‘जदौ’ प्रदर्शनमा

बहुप्रतिक्षित नेपाली चलचित्र ‘जदौ’ आजदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ। किरण गजमेरको जादुमय स्वरमा सजिएको यो गीतमा नीति शाह र प्रभात पाल ठकुरीको उत्कृष्ट अभिनय तथा रोमान्टिक केमिस्ट्री देख्न सकिन्छ। यस चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा, नीति...

Read More
Video

‘बाः एक योद्धा’ असोज ९ मा प्रदर्शन हुने

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बाः एक योद्धा’ नेपालसहित विश्वभर असोज ९ गते देखि प्रदर्शनमा आउने भएको छ। सञ्जीव थापाको शब्द रहेको गीतमा हरि लम्सालकै संगीत, स्वर तथा संगीत संयोजन रहेको छ। उदयराज पौडेलले संगीत उत्पादन गरेका छन्। गीतमा...

Read More

चलचित्र /अभिलेख

Video

वैदेशिक रोजगारी र पारिवारिक व्यथा समेटिएको ‘परदेशी २’

नारायण इन्टरनेसनल प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको सफल नेपाली चलचित्र ‘परदेशी २’ युट्युबमा सार्वजनिक गरिएको छ। निर्देशक नारायण रायमाझीको निर्देशन तथा नारायण रायमाझी र राजेश बन्सल (अग्रवाल) को निर्माणमा बनेको यो चलचित्र ओफिसियल युट्युब...

Read More
Video

नेपाली बक्स अफिसको ब्लकबस्टर चलचित्र ‘१२ गाउँ’ युट्युबमा

बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेको बहुचर्चित नेपाली चलचित्र ‘१२ गाउँ’ अब ओफिसियल रूपमा युट्युबमा सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटलको ओफिसियल युट्युब च्यानलमार्फत यो ब्लकबस्टर एक्सन चलचित्र दर्शकसामु ल्याइएको हो। विराज भट्टको निर्देशन तथा...

Read More

समाचार/ मनोरञ्जन / समीक्षा

Video

हुम्लाकी दीपिकाको स्कुल यात्रा र कर्णालीको यथार्थ

नेपालको लोकप्रिय वेब शृङ्खला ‘हेर्ने कथा’ को १७४औँ भाग ‘दीपिका स्कुल जान्छिन्’ युट्युबमा सार्वजनिक भएको छ। विद्या चापागाईंको प्रस्तुति र कमल कुमारको निर्देशनमा तयार पारिएको यस नयाँ अङ्कमा हुम्ला जिल्लाको विकट सर्किगाड गाउँपालिकास्थित रिप गाउँकी सानी...

Read More
Video

परम्परागत तीज संस्कृति विपरीत गएको भन्दै ज्योति मगरको नयाँ गीत ‘मकैबारीमा’ बारे तीखो आलोचना

चर्चित गायिका ज्योति मगर र र्यापर सिर्जना खत्री ‘हाउडेमाया’ को सहकार्यमा हालै सार्वजनिक तीज गीत ‘मकैबारीमा’ ले युट्युबमा ठूलो चर्चा बटुलिरहेको छ। गीतमा देखिएका सकारात्मक पक्ष र सामाजिक सञ्जालमा उठेका कडा नकारात्मक आलोचनाहरूले...

Read More
Video

केकी र आंचलको अभिनय रहेको ‘झिगेदाउ २’ प्रदर्शन हुँदै

निर्देशक ज्ञानेंद्र देउजाको निर्देशनमा बनेको यो पारिवारिक तथा सामाजिक ड्रामायुक्त चलचित्र असोज २ गते (सेप्टेम्बर १८) देखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ। मुख्य कलाकारहरू केकी अधिकारी, आंचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट र आर्यन सिग्देलको...

Read More
Video

नदी किनारका संरचना र विपद व्यवस्थापन: कुलमान घिसिङको स्पष्ट धारणा

भोटेकोशी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्‍याए पनि देश पुनः अन्धकारको युग (लोडसेडिङ) तिर नफर्कने पूर्व ऊर्जामन्त्री एवं नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले दाबी गर्नुभएको छ।...

Read More
Video

‘पौडेल कास्ट’को पहिलो एपिसोडमा किरण केसीसँग राजाराम पौडेलको रोचक संवाद

वरिष्ठ अभिनेता तथा हास्यकलाकार राजाराम पौडेलले नयाँ युट्युब पोडकास्ट श्रृंखला ‘पौडेल कास्ट’ सुरु गरेका छन्। नेपाली कला, चलचित्र तथा हास्य क्षेत्रका कलाकारसँग रमाइला, प्रेरणादायी र अनुभवमा आधारित संवाद प्रस्तुत गर्ने उद्देश्यसहित सुरु गरिएको...

Read More

सुस्केरा र सुशेली - आफ्नै आगनमा !!

Video

शुक्रबार हलमा धुम मच्चाउन आउँदैछ एक्सन किङ निखिल उप्रेतीको फिल्म ‘आचार्य’

निखिल उप्रेतीको निर्माण, लेखन तथा निर्देशनमा तयार भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘आचार्य’ को पहिलो गीत ‘लाई बारी लाई’ ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको छ। युग भुसालको शब्द तथा संगीत रहेको यस गीतमा गौरंगा शेखर शर्मा र ज्योत्स्ना...

Read More
Video

‘माया लाउन बल्ल सिक्दैछु…’ भन्दै करोड भ्युज बटुल्यो ‘माया ले’!

लोकप्रिय गायक जोन राईको साङ्गीतिक प्रस्तुति ‘माया ले’ ले रिलिज भएको एक महिनामै युट्युबमा एक करोड भन्दा बढी भ्युज बटुलिरहेको छ। गत साउन २४ मा प्रिमियर भएको यस गीतले आफ्नो सांगीतिक यात्रामा एक महत्त्वपूर्ण माइलस्टोन पार गरेको छ। प्रेमका विभिन्न आयाम...

Read More
Video

अन्तर्राष्ट्रिय मञ्चमा चम्किएको ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ ले हलहरूमा बटुल्दै प्रशंसा

विश्वप्रसिद्ध कांस फिल्म फेस्टिभलमा ऐतिहासिक ‘जुरी प्राइज’ जितेर नेपाली सिनेमाको शिर उच्च बनाएको चलचित्र “तिनीहरू: एलिफेन्ट्स इन द फग” यतिबेला नेपालभरका सिनेमाघरहरूमा सफलतापूर्वक प्रदर्शन भइरहेको छ। गत भदौ १९ गते देखि देशव्यापी रूपमा प्रदर्शनमा आएको...

Read More
Video

र्‍यापर योद्धाको क्यामियोसहित सुशान्त केसीको “गयो त गयो” सार्वजनिक

युवा पुस्तामाझ निकै लोकप्रिय गायक तथा संगीतकार सुशान्त केसीले आफ्नो नयाँ आधिकारिक म्युजिक भिडियो “गयो त गयो” युट्युबमार्फत सार्वजनिक गरेका छन्। विगतको सम्झना र भविष्यको चिन्ता छोडेर वर्तमान क्षणलाई मज्जाले जिउनुपर्छ भन्ने सन्देश बोकेको...

Read More
Video

वैवाहिक जीवनको यथार्थ र भावीको लेख समेटिएको विष्णु माझीको ‘घरबार’ चर्चामा

गायिका विष्णु माझीको नयाँ तीज गीत ‘घरबार’ (पुतलीको भट्टी भाग–२२) सार्वजनिक भएको छ। हरितालिका तीजको अवसरमा सपना म्युजिक इन्डस्ट्रिजबाट रिलिज गरिएको यस गीतमा वैवाहिक जीवनको यथार्थ र चेलीको माइतीप्रतिको प्रगाढ माया प्रस्तुत गरिएको छ। यस गीतले रिलिजको...

Read More
Video

चर्चित ब्यान्ड ‘नेपथ्य’लाई सम्मान गर्दै सबिन कार्कीले ल्याए ‘भेडाको ऊन’

कलाकार सबिन कार्की ‘बीस्ट’को नयाँ गीत ‘भेडाको ऊन’ सार्वजनिक भएको छ। बीस्ट प्रोडक्सनको आधिकारिक युट्युब च्यानलबाट प्रिमियर गरिएको यस म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। यो गीत नेपालको मध्य पहाडी क्षेत्र, विशेषगरी रसुवा, हेलम्बु र...

Read More
Video

‘दिक्क लाईसक्यो’ भिडियोमा बाल मनोविज्ञान विपरीतका दृश्यलाई लिएर प्रश्न

काठमाडौं— नेपाली नारीहरूको महान चाड हरितालिका तिजको अवसर पारेर सार्वजनिक गरिएको नयाँ तिज गीत ‘दिक्क लाईसक्यो’ अहिले विवादको केन्द्रमा परेको छ। देवाश्री फिल्म्सको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोमा देखाइएका कतिपय...

Read More
Video

चिनियाँ भाषामा गुञ्जियो गायक एकदेव लिम्बुको चर्चित गीत ‘झिम झिमाउने आँखैले’

काठमाडौं । नेपाली सुगम संगीतका चर्चित गायक तथा संगीतकार एकदेव लिम्बुको सुपरहिट गीत ‘झिम झिमाउने आँखैले’ ले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गरेको छ। केही समयअघि बलिउड गायिका नेहा कक्करसँगको सहकार्यमा हिन्दी संस्करण सार्वजनिक...

Read More
Video

अफ्रिकामा खिचिएको नेपाली लोक गीत “लौननि यस्तो भए म किन” चर्चामा

नेपाली साङ्गीतिक क्षेत्रमा मौलिक र व्यावसायिक डान्सिङ गीतहरूको बाढी आइरहेका बेला गायक तथा सर्जक सुरेश अन्जानको नयाँ टिपिकल गीत “लौननि यस्तो भए म किन” सार्वजनिक भएको छ। सुरेश अन्जानको आधिकारिक युट्युब च्यानलबाट प्रिमियर गरिएको यस गीतले...

Read More
Video

मिस्टर भान्जाको शब्द र कम्पोजिसनमा नयाँ र्‍याप संगीत ‘भो भो’

नेपाली र्‍याप संगीत क्षेत्रमा नयाँ तरंग ल्याउँदै कलाकार मिस्टर भान्जा र सुमिना लोको नयाँ गीत ‘भो भो’ सार्वजनिक भएको छ। यस गीतको शब्द रचना र संगीत कम्पोजिसन स्वयं मिस्टर भान्जाले गरेका हुन्। गीतमा गायिका सुमिना लो र मिस्टर भान्जाको दमदार...

Read More
Video

तीन वर्षको कडा मिहिनेतपछि ओएसिस थापाले ल्याए नयाँ गीत ‘सके’

गायक तथा गीतकार ओएसिस थापाको नयाँ गीत ‘सके’ सार्वजनिक भएको छ। ओएसिस थापाले सामाजिक सञ्जालमार्फत गीत सार्वजनिक गर्दै ‘सके’ तयार हुन तीन वर्ष लागेको खुलासा गरेका छन्। उनका अनुसार एउटै गीतलाई तीन फरक संस्करणमा परिमार्जन गर्दै अन्तिम रूप दिन लामो समय...

Read More
Video

विवाद भन्दा फरक शैलीमा नवाज अन्सारीको नयाँ र्‍याप गीत ‘खै पैसा’

नेपाली हिप-हप संगीतिक क्षेत्रका चर्चित र्‍यापर नवाज अन्सारीको नयाँ म्युजिक भिडियो ‘खै पैसा’ सार्वजनिक भएको छ। रिनासा रेकर्ड्सको प्रस्तुति रहेको यस गीतलाई युट्युबमा छोटो समयमै ३ लाख भन्दा बढी पटक हेरिएको छ।गीतको शब्द रचना, संगीत र...

Read More
Video

प्रशंसकहरूले पठाएको भिडियो क्लिप समेट्दै तयार भयो याबेश थापाको ‘हेराई बसाई’ !

चर्चित युवा गायक तथा संगीतकार याबेश थापाको एल्बम ‘घामछाया’ मा समावेश बहुप्रतीक्षित गीत ‘हेराई बसाई’ को नयाँ ‘एक्सटेन्डेड भर्सन’ आधिकारिक भिजुअलाइजर सहित युट्युबमा रिलिज गरिएको छ। यसअघिको संस्करण छोटो भएको गुनासो...

Read More
Video

टि-सिरिजबाट सुशान्त केसी र आना शर्माको नयाँ हिन्दी गीत ‘जादुगरी’ सार्वजनिक

नेपाली सङ्गीत आकाशका चर्चित गायक तथा सङ्गीतकार सुशान्त केसी र लोकप्रिय अभिनेत्री आना शर्मा अभिनीत नयाँ हिन्दी गीत ‘जादुगरी’ सार्वजनिक भएको छ। भारतीय सङ्गीत उद्योगको प्रतिष्ठित कम्पनी टि-सिरिजको आधिकारिक युट्युब च्यानल मार्फत यो गीत रिलिज...

Read More
Video

“मुटुमा चोट पर्यो दिमाग भएको छ साइको” – कालु दादाको र्‍यापमा युवाहरूको पीडा

नेपाली र्‍याप (नेपहप) विधामा पछिल्लो समय कालु दादाको चर्चा चुलिएको छ। विशेषगरी मायामा पाएको धोका र मनको पीडालाई शब्दमा उनेर तयार पारिएको उनको नयाँ गीत ‘मुटुमा चोट’ ले सामाजिक सञ्जालमा तहल्का पिटिरहेको छ। “मुटुमा चोट पर्यो दिमाग...

Read More
Video

प्रेम र सम्बन्धको कथामा यङ वेभको ‘भाउ नखाऊ’

युवापुस्ताका चर्चित र्‍यापर ‘यङ वेभ’ ले आफ्नो नयाँ सांगीतिक सिर्जना ‘भाउ नखाऊ’ सार्वजनिक गर्दै नेपाली हिप-हप बजारमा पुनः तरंग ल्याएका छन्। यस गीतमा यङ वेभले समकालीन युवा प्रेम, सम्बन्धमा देखिने असमझदारी र आधुनिक जीवनशैलीलाई...

Read More
Video

मनाङको सुन्दरता र प्रेमको गाथा: तृष्णा गुरुङको ‘हिमाली भेगमा’ सार्वजनिक

लोकप्रिय गायिका तृष्णा गुरुङको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘हिमाली भेगमा’ सार्वजनिक भएको छ। आफ्नै युट्युब च्यानलमार्फत प्रिमियर गरिएको यस गीतले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। गीतको शब्द र संगीत स्वयं तृष्णा गुरुङ र सन्नी...

Read More
Video

“तिमी र म” को भावनात्मक सम्बन्ध: याबेश थापाको ‘कसरी’ पुन: चर्चामा

नेपाली युवा पुस्ताका ढुकढुकी, गायक तथा संगीतकार याबेश थापाले आफ्नो चर्चित गीत ‘कसरी’ को नयाँ लाइभ भर्सन सार्वजनिक गरेका छन्। ‘घामछाया इन्टिमेट’ सेसन अन्तर्गत ललितपुरको सानेपास्थित ईडिएनमा छायांकन गरिएको यो भिडियो याबेशको...

Read More
Video

युट्युब ट्रेन्डिङमा छाइन् ‘मनमाया’, भिडियोमा नेवारी कला र सभ्यताको जीवन्त प्रस्तुति

प्रकाश दुतराज र मेलिना राईको सुमधुर स्वरमा सजिएको नयाँ मौलिक कौडा गीत ‘मनमाया‘ सार्वजनिक भएको छ। प्रकाश दुतराजकै शब्द र संगीत रहेको यस गीतले सार्वजनिक भएको छोटो समयमै नेपाली सांगीतिक बजारमा निकै चर्चा बटुलिरहेको छ। विशेषगरी...

Read More
Video

चलचित्र ‘परालको आगो’मार्फत अरुणा लामाको गीत नयाँ पुस्तामा पुनर्जीवित

प्रतीक्षित नेपाली चलचित्र ‘परालको आगो’ मा समावेश कालजयी गीत ‘उडी जाउँ भने म पंक्षी होइन’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। यस गीतले छोटो समयमै १४ लाखभन्दा बढी ‘भ्यूज’ बटुल्दै दर्शकको मन जित्न सफल भएको छ। मनबहादुर मुखियाको शब्द र शान्ति...

Read More
Video

हिन्दी–नेपाली फ्युजनको जादु: ‘काली काली’

चर्चित हिपहप कलाकार एसटी म्यानको नयाँ गीत ‘काली काली’ युट्युबमा सार्वजनिक भएसँगै तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। यस गीतले छोटो समयमै ३२ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको छ। यंग २२ र बिग नर्जासँगको सहकार्यमा तयार भएको यो गीतमा हिन्दी कोरस, नेपाली...

Read More

संगीत प्रवाह

भाव-प्रवाह / अभिलेख