गाँउमा हुने धेरै जसो समस्या समाधानका लागि जनप्रतीनिधीहरु नै अधिकार सम्पन्न छन् । स्थानीय तहमा हुने न्यायक समीतिले यस्ता समस्याको निरुपण गर्न सक्छ । तर जब समस्या समाधानको सर्वसाधारण गाँउपालिका अध्यक्षसामु पुग्दा उनिबाटै कुटीन्छन् भने न्यायको के आश गर्ने । यस्तै भएको छ सप्तरीको विष्णुपुर गाँउपालिकामा । स्थानीय चोकबजारमा दैनिक जसो चोरीका घटना भएपछी स्थानीयले गाँउपालिका अध्यक्ष लिलाम्बर यादवको मा पुग्छन् । तर चोरी गर्ने अध्यक्षकै भतिजा भएपछी ,चोरलाई कारवाही गर्नु त कहाँ हो कहाँ उल्र्टै गुनासो गर्न पुगेको स्थानीय माथि जाइलाग्छन् । उनले स्थानीय अनिलकुमार साहलाई निर्घात कुटपीट गर्छन ।

कमेन्ट लेख्नुहोस