सर्वसाधारण सँग प्रत्यक्ष सरोकार राख्ने मालापोत कार्यालय घुसको अखडा हो । यस अर्को उदाहरण बनेको छ नुवाकोटको विदुरमा रहेको मालपोत कार्यालय । हाम्रो टिम मंगलबार दिउसो उक्त कार्यालयमा पुग्दा सेवाग्राहीको भिड थियो । जग्गा नामसारी, रजिष्टेसन, रोक्का फुकुवा लगाएतका काम लागि कोहि सेवाग्राही कर्मचारीलाई फकाउँदै थिए त कोई काम नभएर तनावमा थिए । सरासर हुने काम लागि पनि कर्मचारी फकाउनु पर्ने उपाय भने उहि घुस नै हो । मंगलबार नवराज कामी जग्गा नामसारीको लागि मालपोत कार्यालयमा थिए । जग्गा नामसारी गर्दा उनले तिर्नुपर्ने राजश्व भनेको २३ सय रुपयौ मात्रै रहेछ । तर उनले ३ हजार रुपयौँ बुझाउनु प¥यो ।
सबै कागजपत्र तयार भएपनि नवराजी कामी राजश्व तिर्न लेखाशाखामा पुगे । यहा थिए लेखापाल रामकृष्ण अधिकारी । उनले नवराज कामीको नामको २३ सय बिल दिए तर पैसा भने ३ हजार रुपयौ लिए यसरी ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस