नारायणी यातयात कार्यालय विरगञ्जको शाखाका रुपमा सञ्चालित यातायता सेवा कार्यालय हेटौंडामा सेवाग्राहीलाई कार्यालयले निशुल्क उपलब्ध गराउनु पर्ने फारम निजि पसलबाट किन्नु पर्ने बाध्यता छ । कार्यालयमा सवारी नविकरण, जाँचपास, सवारी पटके लगाएतका कामको लागि आवश्यक फारमहरु कार्यालयमा नभएको भन्दै कार्यालय छेउका किराना, तथा चिया,पान पसलबाट किन्न लगाइन्छ । यो कार्यालयमा बर्षौदेखी यि फरामहरु नभएको भन्दै कर्मचारीहरुले बाहिर पठाउने गरेका छन् । सवारी नविकरणको लागि आवश्यक फारम सेवाग्राहीले निशुल्क पाउनु पर्ने हो तर यहाँ कार्यालय बाहिरका खुद्रा पसलहरुमा २५ देखी ५० रुपयाँै तिरेर किन्न बाध्य छन् । सेवाग्राहीले यो बिषयमा धेरै गुनासो गरेपछी हाम्रा मकवानपुर स्थीत टिभी जर्नलिष्ट देवराज पन्त आँफै सवारी नविकरण गर्न लागी कार्यालय पुग्दा कर्मचारीहरुले फारम बाहिरबाट किनेर ल्याउन लगाए । कार्यालयले सेवा शुल्क समेत लिने गरेकोछ भने यातायात कार्यालय स्टेशनरी, मसलन्द खर्च भन्दै बार्षिक करोडौ रकम खर्च हुन्छ, तर सेवाग्राही ती सामग्री प्रयोगबाट बञ्चित भएका छन् । यातायात सेवा कार्यालय हेटौंडाले मात्र दैनिक ६ देखि ८ लाख सम्म राजश्व बुझ्दै आएको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस