Kantipur Samachar | कान्तिपुर समाचार, २७ मंसिर २०७४

आजको मुख्य समाचार :

* समानुपातिक तर्फको मतगणनामा पनि एमाले नै अगाडि / प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ १ सय ६५ सिटमा वाम गठबन्धन दुई तिहाई भन्दा बढी स्थानमा विजयी ।

* प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने निर्णय नयाँ सरकारले गर्ने वाम गठबन्धनका नेताहरुको भनाइ / सरकारले प्रदेश प्रमुख नियुक्तिको निर्णय गरे अस्वीकार गर्ने गठबन्धनको चेतावनी ।

* प्रदेशको संसद र सरकार सञ्चालनमा ९ अर्ब रुपैयाँ लाग्ने अर्थ मन्त्रालयको प्रारम्भिक अनुमान / प्रदेशबाट माग भए बजेट निकासा हुने / संघीय संसदका लागि बार्षिक ४ अर्ब २५ करोड लाग्ने ।

* उत्तर कोरियासंग निशर्त वार्तामा बस्न तयार रहेको अमेरिकी विदेशमन्त्रीको भनाइ / बेइजिङ्गद्वारा स्वागत / तर हृवाइट हाउस भन्छ – उत्तर कोरियाप्रति ट्रम्पको धारणामा कुनै परिवर्तन आएको छैन ।

* फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको पुरुष तर्फको उपाधि शुक्रबहादुर राईले जिते / महिला तर्फ प्रतिमा श्रेष्ठ च्याम्पियन ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस