शनिबार दिउसो लु १ झ ३२४ नम्वरको यो सरकारी गाडी बुटवल देवीनगर स्थीत ट्रायल सेन्टरमा गुडीरहेको भिडियो कमल खत्री क्षेत्रीले खिचेर सामाजीक सञ्जालमा पोष्ट गरेपछी भाइरल भयो । कार्यालय सययमा कार्यालयको काम बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने र कार्यलय समय बाहिर चलाउन परे प्रमुख जिल्ला अधिकारबाट स्वकृती लिएर चलाउने पर्ने हुन्छ तर यो गाडी ट्रायल सेन्टरमा कसैले सिकिरहेका थिए । हामीलाई यो भिडियो प्राप्त भएपछि हामीले यसको बारेमा थप बुझ्न बुटवल स्थीत यातायात कार्यालयमा पुग्यौँ । १झ ३२४ नम्बरको यो सरकारी गाडी आन्तरीक राजश्व कार्यालय बुटवलको रहेछ । शनिबारको दिन कार्यालयमा कार्यतर कर अधिकृत द्धोय पिताम्बर खनाल र हिमाल गौतमले सिकिरहेका रहेछन् । सार्वजनिक बिदाको दिन सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने थाहा हुदा हुदै पनि किन गाडी चलाउनुभयो भनी कर अधिकृत पिताम्बर खनाललाई सोध्दा उनि एक छिनमा आउने भन्दै बाहिरीए ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस