आफ्ना छोरा छोरीलाई पठाईदिन भन्दै विदेश लगेर फिर्ता नगरेको भनि धेरै दर्शकहरु हाम्रे कार्यालय आउछन् । कतिपय संघ संस्थाहरुले पठाउने र धर्मपुत्रका नाममा बालावालिका विदेश पु¥याउछन् । उनि लीला गुरुङ सशस्त्र युद्धमा कांग्रे समर्थक उन्का श्रीमानको हत्या भयो । छाराको सहारा पाएपछि लिलाले जिनवको नयां संर्घष सुरु गरिन् । छारालाई आमाजु चिम्सी गुरुङको सहारामा छाडी छोराको भविष्यका लागि उनि मलेसिया र कुवेत पुगिन् । तर त्यही बेला उनकी आमाजु चिम्सी गुरुङले उन्को छोरालाई विदेश पढाउन पठाउने भन्दै धापासीको असाहाय बालवालिका शिक्षा केन्द्रमा दिईन् । तर त्यो संस्थाले लिलाका छोरा हिरामान गुरुङलाई स्पेनका नागरिकलाई धर्मपुत्र बनाई पठाईदिए । गोरखा सदरमुकाम बसेर राजनीतिमा सक्रिय चिम्सीले हिरामानलाई आफूसँगै राखेर पढाइदिन्छु भन्दै ल्याएकी थिइन् । धेरै समय आफूसँग भने राखिनन् । हिरामानसहित अन्य ६ बालबालिका प्रशासनबाट गरिब र द्वन्द्वपीडितको सिफारिस बनाएर काठमाडौं ल्याएको लिला बताउछिन् । लिलाका छोरालाई उन्को अनुमति बगैर कसरी धर्मपुत्र बनाईयो भनि बुझ्न हामी मंगलवार धापासीमा रहेको असाहाय बालवालिका शिक्षा केन्द्र पुग्यौ । त्याहा कार्यालय रहेको घरमा कुनै बोर्ड थिएन् । भित्रबाट ताल्चा लगाईएको छ । हामी सञ्चारकर्मी भएको र रिपोटिङका लागि आएको भन्दा गेटमै यसरी रोक्न खोजियो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस