प्रतिनिधिसभा र प्रदेश सभाका लागि समानुपातिक तर्फको बन्द सूची दलहरुले निर्वाचन आयोगलाई बुझाएका छन् । तर बन्द सूचीमा नाम भने केहीको मात्र समेटिएको बताइएको छ । आयोगको संशोधित कार्यसूची अनुसार दलहरुले अन्तिम नामावली बुझाउने केही समय पाएका छन् । अधिकांश दल भित्र समानुपातिक उम्मेद्वारको छनोटको विषयलाई लिएर चर्को विवाद रहेकोले दलहरुले एकमुष्ट सबैको नाम बुझाउन सकेका छैनन् । यो दलहरुको वास्तवमा नै भन्ने हो भने गम्भीर कमजोरी हो । उम्मेद्वार छनोट टुंग्याउन नसक्दा दलहरु भित्र समानुपातिको सूचीमा नै लुछाचँडीको अवस्था देखिदा प्रत्यक्ष तर्फको उम्मेद्वार छनौट जटिल बन्दै गएको छ । राम्रा नभई हाम्रा नै दलका नेताहरुले जोड दिदा कुरा मिल्न नसकेको पनि प्रष्ट छ । तर दलहरुबाट न्याय नहराउने आशा धेरै आकांक्षी उम्मेद्वारहरुको रहेको छ । वास्वतमा होस पनि यस्तै ।

कमेन्ट लेख्नुहोस