संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै जारी भएको संविधान अनुरुप पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिकको उम्मेदवारी दर्ता हुँदैछ । हरेक पिछडीएका वर्गको उत्थानलाई प्राथमिकतामा राख्दै नीति निर्माण तहमा समानुपातिक प्रतिनिधित्व आवश्यक छ । यही आवश्यकतालाई ध्यान दिंदै समानुपातिकको व्यवस्था गरिएको हो । तर, राजनीतिक दलहरुले समानुपातिकको नाममा व्यापार गर्न थालेपछि यसको अर्थ खुम्चिंदै गयो । यदि साँच्चै नीति निर्माण तहमा समानुपातिक प्रतिनिधित्व गराउने हो भने राजनीतिक नेतृत्वले इमान्दारिता देखाउँनै पर्छ । उम्मेदवार चयनमा इमान्दार र कर्तव्यनिष्ठ छान्नै पर्छ । अन्यथा समानुपातिकका नाममा संसदमा भिड र भ्रष्टहरुले स्थान पाउने छन् । समृद्ध मुलुकको सपनामा यो कुठाराघात हुने निश्चित छ । त्यसैले राजनीतिक इमान्दारिता देखाउन दलहरु सक्षम बनुन ।

कमेन्ट लेख्नुहोस