मुलुक दुई ठूला निर्वाचन तर्फ उन्मुख छ । आम नेपाली नागरिक व्यग्र प्रतीक्षाका साथ मंसिर १० र मंसिर २१ को प्रतीक्षामा छन् । निर्वाचन आयोगले निर्वाचनको कार्यक्रमको रफ्तार बढाउदै गर्दा दलहरु उम्मेद्वार छनोटको जटिल काममा जुटिरहेका छन् । संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलोकोरुपमा रहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका बारेमा आशंकाका बादलहरु भने मडारिन अझै छोडेका छैनन् । यो देशमा जे पनि हुनसक्छ भन्ने निराशावादी चिन्तन र भयले नेपालीहरुलाई वास्तवमा छोडेको पनि छैन । त्यस्तै धेरै घटनाहरु भएकाले पनि ढुक्क हुन निर्वाचन हुने दिन नै आउनु पर्छ । तर जनताको आशंका दलहरुले हटाउने छन् भन्ने विश्वास लिने पनि कम छैनन् । यस्तै अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले भने दुई निर्वाचन सम्पन्न गर्नुपर्ने महान दायित्व पूरा गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

कमेन्ट लेख्नुहोस