Kantipur Samachar | कान्तिपुर समाचार, २७ आश्विन २०७४

आजको मुख्य समाचार :

* प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा निर्वाचनको मुखैमा छैटौ पटक मन्त्रीपरिषद बिस्तार राप्रपाका ८ जना मन्त्रीमण्डलमा सहभागी देउबा सरकारमा मन्त्रीको संख्या ६४ पुग्यो ।

* सरकार विस्तार निर्वाचन आचारसंहिता विपरित भएको प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता साझेदार दल माओवादी केन्द्रको जिकिर प्रमुख निर्वाचन आयुक्त भन्नुहुन्छ- आचारसंहिता उल्लंघन भयो।

* नेपालगञ्जदेखि सुइयाबघौडासम्मको हुलाकी सडक निर्माण कार्यमा अवरोध / गुण्डाहरुको समूहले अवरोध गरेपछि निर्माण कार्य रोकियो ।

* भारतको दार्जिलिङ्गमा फेरी हिंसा भड्कियो / प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका समर्थकबीच दोहोरो गोली हानाहान हुँदा दुई जनाको मृत्यु ।

* विश्व क्रिकेट लिग च्याम्पियसीपमा नेपाल, हङकङ संग ८३ रनले पराजित / कमजोर ब्याटिङ र अम्पायरको गलत निर्णय हारको कारण भएको प्रशिक्षक टमाटाको आरोप ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस