आजको मुख्य समाचार :

* नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै राजधानीमा गोली हानी हत्या / घटनाको अनुसन्धान र दोषीमाथि कारवाही गर्न उद्योगी व्यवशायिहरुको माग ।

* मन्त्री फेरबदल गरेर आचारसंहिता उल्लंघन र चुनाव भाँड्ने खेलमा नलाग्न प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीको चेतावनी / दलहरु उम्मेदवार छनौटको गृहकार्यमा ।

* भुकम्प पीडितहरुको घर निर्माणका लागि सरकारले धितो जमानीबाट निर्ब्याजी ऋण उपलब्ध गराउने / स्थानिय तहमा कर्मचारी ब्यवस्थापनकालागि अस्थायी दरबन्दी दिने कार्यविधि स्वीकृत।

* अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचर्ड एच थेलरलाई / व्यवहारवादी अर्थशास्त्रको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको ठहर ।

* अखिल नेपाल फुटवल संघको निर्वाचनमा साधारणसभा सदस्य बाहेकका ब्यक्तिले पनि उम्मेदवारी दिन पाउने / थ्री स्टारलाई क्षतिपुर्ति वापत एक करोड ५० लाख रुपैँया दिइने ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस