Kantipur Samachar | कान्तिपुर समाचार, २१ आश्विन २०७४

आजको मुख्य समाचार :

* लोकतान्त्रिक र वाम गठबन्धन अन्तर्गतका कार्यदलहरु उम्मेदवारीको बाँडफाँड गर्न आन्तरिक गृहकार्यमा / मंसिरमै निर्वाचन सम्पन्न गर्न सरकारलाई एमालेको आग्रह / सरकार फेरबदलमा नलाग्ने माओवादी केन्द्रको प्रतिवद्धता ।

* मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि कार्यतालिका अनुसार नै काम भैरहेको निर्वाचन आयोगद्वारा जानकारी ।

* गरिबका लागि काठमाडौंको इचङ्गुमा निर्मित सुविधा सम्पन्न सरकारी आवास प्रयोगविहीन / लक्षित वर्गको पहिचान नहुँदा २ सय २७ परिवार अट्ने आवास अलपत्र ।

* गोरखाको मनकामना मन्दिरको पुननिर्माण अन्तिम चरणमा / स्थानीयबासी र भक्तजनबाट पुननिर्माणका लागि ७ करोड रुपैयाँ संकलन ।

* राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजना पहिलो च्याम्पियनसिप कात्तिक १५ गते देखी सुरु हुँदै / च्याम्पियनसिपमा २६ खेलहरु समावेश / च्याम्पिनयसिपले राष्ट्रिय टिम तयार पार्न मदत पुग्ने ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस