Kantipur Samachar | कान्तिपुर समाचार, १७ आश्विन २०७४

आजको मुख्य समाचार :

* प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपाल एक भएर जाने / चुनाव लगत्तै एकीकृत कम्युनिष्ट पार्टी बनाउने घोषणा ।

* एमाले र माओवादीबीचको गठवन्धन अस्वाभाविक भएको कांग्रेसको प्रतिकृया / बदलिदो राजनीतिक परिस्थितिमा रणनीति बनाउन भोली कांग्रेस केन्द्रिय समिति बैठक बस्दै ।

* भूकम्पमा भत्किएका करिब साढे ७ हजार विद्यालय पुनर्निर्माणको पर्खाइमा / गोरखाका बालबलिका टहरामै पढ्न बाध्य / काभ्रेमा भने अधिकांश विद्यालय भवन धमाधम बनाइदै ।

* लस भेगसमा हिजो भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ५९ पुग्यो / ५ सय २७ जना घाइते / बन्दुक राख्न पाउने अधिकारमाथि अमेरिकामा पुन: बहस शुरु ।

*ताजकिस्तान विरद्धको खेलका लागि नेपाली टिमको तयारी अन्तिम चरणमा / एएफसी एसिएन कपमा छनोट हुन नेपाललाई जित्नैपर्ने दवाव ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस