Kantipur Samachar | कान्तिपुर समाचार, १६ आश्विन २०७४

आजको मुख्य समाचार :

* प्रदेश र प्रतिनिधि सभा चुनावका लागि भोलिदेखि समानुपातिक तर्फको मतपत्र छापिने / वामपन्थीबीच तालमेल गर्ने एमालेको प्रस्तावमा माओवादी केन्द्र सकारात्मक ।

* चार दशक बित्दा पनि व्यवस्थित बसोबासको अवधारणाले गति लिएन / दिर्घकालीन योजना अभावमा प्राकृतिक प्रकोपले सर्वसाधारण घरबारबिहीन / खेतियोग्य जमिन मासिँदै ।

* अमेरिकाको लस भेगास सहरमा एक सांगीतिक समारोहमा भएको गोलिकाण्डमा मृत्यु हुनेको संख्या ५० पुग्यो / दुई सयजना घाइते ।

* तीन अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा चिकित्सा विज्ञान तर्फको नोबेल पुरस्कार / जैविक घडीलाई नियन्त्रण गर्ने सुक्ष्मतम पद्धती पत्ता लगाएवापत नोबेल पुरस्कार दिइने ।

* सुरक्षा प्रतिकूलताले इतिहासमै पहिलोपटक बार्सीलोनाको क्याम्प नोउ रंगशालामा दर्शक बिना नै फुटबल खेलाइयो / राजनीति घुसेको भन्दै खेलाडी चिन्तित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस