Kantipur Samachar | कान्तिपुर समाचार, ०८ कार्तिक २०७४

आजको मुख्य समाचार :

* प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ एउटै मतपत्र प्रयोग गर्ने निर्वाचन आयोगको निर्णय / पहिलो चरण चुनावमा भाग लिने प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशित ।

* सूर्य उपासनाको पर्व छठको दोस्रो दिन आज खरना / भोली अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पूजा गरिने / छठघाट सिंगार्न स्थानीय जुट्दै ।

* न्यून विद्यार्थीका कारण देशका पाँच सय भन्दाबढी सामुदायिक र निजी क्याम्पस संकटमा / व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षाको अभावमा विद्यार्थीको संख्या घट्दै ।

* १९औं चीनियाँ कांग्रेसको समापनसँगै राष्ट्रपति सि जिनपिङ थप शक्तिशाली / अबको चीन कस्तो हुने भन्ने चासो विश्व राजनीतिमा बढ्दै ।

* एशियन च्याम्पियनसिपमा पदक जित्ने नेपाली आर्चरी खेलाडीको लक्ष्य / पूर्वाधारको अभावमा आर्चरी खेलाडि क्षतिग्रस्त पोखरीमा अभ्यास गर्न बाध्य ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस