Kantipur Samachar | कान्तिपुर समाचार, ०६ कार्तिक २०७४

आजको मुख्य समाचार :

* चिकित्सा शिक्षा अध्यादेश मन्त्रिपरिषदद्वारा पारित / आगामी १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने व्यवस्था ।

* प्रतिनिधि र प्रदेशसभा पहिलो चरणमा हुने चुनावकालागि प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली कार्तिक ८ गते प्रकाशन हुने / निर्वाचन हुने ३२ जिल्लामा चहलपहल बढ्यो ।

* चिनियाँ बर्णशंकर धानको बीउ नेपालमा पनि सफल / चीनमा प्रति हेक्टर १० टन उत्पादन हुने वर्णशंकर बीउले नेपालमा ८ टनसम्म फसल दिने अनुमान ।

* जापानमा प्रधानमन्त्री सिन्जो आबेको सत्तारुढ गठबन्धलाई दुईतिहाइ बहुमत / आबेलाई संविधान संशोधन र उत्तर कोरियाली खतराविरुद्ध लड्न जनमत ।

* एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलका लागि अक्सन सम्पन्न / राष्ट्रिय टोलीका चार सदस्य माथि महंगो बोली ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस