आजको मुख्य समाचार :

१. पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ३२ जिल्लामा आज प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन हुँदै / उम्मेदवारले बिहान १० देखि बेलुकी ५ बजेसम्म मनोनयन दर्ता गराउन सक्ने ।

२. मंसिर १० गते हुने निर्वाचनका लागि प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रबाट प्रभावशाली नेताहरु चुनावी मैदानमा उत्रिदै ।

३. उपहार स्वरुप ढाका टोपी दिने चलन बढेसंगै ढाकाको व्यापार पनि फस्टायो / तेह्रथुम र पाल्पाली ढाका विदेशमा समेत खपत / दशैं र तिहारमा सात करोड बराबरको कारोवार ।

४. जापानमा आज मध्यावधि निर्वाचन हुँदै / राष्ट्रिय राजनीति संकटबाट गुज्रिररहेको भन्दै नयाँ जनादेश चाहिएको प्रधानमन्त्री आबेको भनाइ ।

५. स्पेनिस लिग ला लिगामा बार्सीलोनाको अपराजित यात्रा कायमै / गएरातीको खेलमा बार्सीलोनाद्धारा मालागा दुई-शून्य गोलले पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस