व्यवस्थापिका संसद १९ विद्येयकलाई खेस्रामा सीमित राखेर विदा लिएको छ । यी १९ विद्येयक मध्ये केही विद्येयक आवश्यक मात्र नभई मुलुकका लागि अपेक्षित पनि थियो । तर चार बर्ष अघि संसदमा दर्ता भएको अदालतको अवहेलना सम्बन्धि विद्येयक मात्र नभई चिकित्सा विद्येयक पनि पारित हुन सकेन । त्यस्तै अर्को आवश्यक ठानिएको र संविधान कार्यान्वयनका लागि जरुरी मानिएको राष्ट्रिय सभा सदस्य निर्वाचन विद्येयक पनि संसदले पास गर्न सकेन । यी आवश्यक विद्येयकमा दलहरुबीच समन्वय र सहमति हुन नसक्नु नै मुल कारण मानियो । आफुहरुलाई पर्दा र आफुहरुको अनुकुल हुँदा जस्तो सुकै र छोटो समयमा एवं ससदमा गणपूरक संख्या पनि नपुग्दा दलहरु विद्येयक पारित गर्न भने सफल भए । विद्येयक भनेको देशको लागि कानून हो, विद्येयक भनेको सुशासनका लागि महत्वपूर्ण सन्देश पनि हो । तर दलहरुले आवश्यक विद्येयकमा देखाएको उदासिनतालाई जनताले निर्वाचनमार्फत नै जवाफ दिन सक्नुपर्छ ।

कमेन्ट लेख्नुहोस