हेर्दा यो कुनै औद्योगीक क्षेत्र जस्तो देखिन्छ । यदि तपाईपनि यसलाई औद्योगीक क्षेत्रनै भनि ठान्नु भयो भने तपाई गलत हुनुहुन्छ । यो नेपालको राम्रा मध्येको सरकारी अस्पताल शिक्षण अस्पता भित्रको दृश्य हो । अस्पताल जस्तो संवेदनशिल क्षेत्र भित्र यस्तो मुल्सो हप्ताको दुई तिन पटक आईनै रहन्छन् । त्यसमा पनि यो धुवाको मुस्लो जाने ठांउ विरामीका वार्डहरुको विचमा छन् । अस्पतालको फोहर लगाउद सधै यस्तै हुन्छ अस्पतालको वातावरण । चिकित्सक र नर्सहरु झ्याल बन्द गर्नुहोस भन्दा बढी केही भन्दैनन् । विरामी भने रोगको उपचार भन्दा रोग बोक्न बाध्य छन् । अस्पतालको विचमा यसरी फोहर जलाईदा रोग बढाउछ भन्ने सवैलाई थाहा छ तर के गर्नु अस्पताल प्रशासनले आखा नखोले सम्म कसको के लाग्छ र ?

कमेन्ट लेख्नुहोस