देशको ७० प्रतिशत भन्दा बढि राजश्व संकलन हुने यो विरगंज भन्सार नाका यहाँ शसस्त्र प्रहरी खुलेआम यसरी घुुस लिइरहेको हुन्छ । खासमा नाकाहरुमा राजश्व चुहावट नियन्त्रणका लागि शसस्त्र प्ररही बलको टोली खटाईएको हो । तर शसस्त्र प्रहरी आफै यसरी घुस लिन्छ ।र राजश्व नै नउठाइ छाडीदिन्छ । एउटै दृश्यमा २ जना शसस्त्र प्रहरीका यि अधिकारीहरुले यि महिला र युवासंग यसरी घुस लियो । यि शसस्त्र प्रहरीका अधिकारीले एउटा युवकको सामान चेक गर्ने नाटक गर्छन र यसरी पैसा खोजीमा हालेर छाडीदिन्छन् । यो भन्सार नाका नेपालकै सवै भन्दा ठुलो नाका हो । भारतबाट नेपाल आउने र भारतको बाटो भई विदेशबाट नेपाल आउने नुन देखि सुन सम्म यहिबाटो बाट आउछ । यि दुई दृश्यले स्पष्र्ट पार्छ नेपाल आउने सामानको राजश्व कांहा जान्छ ? किनकी राजश्व चुहावट रोक्न खटीएका यि शसस्त्र प्रहरीहरुले यसरी पैसा आफ्नो गोजीमा हाली रहेका छन् । यो त सर्वसाधारणले ल्याउने सानो तिनो सामानमा प्रहरीले लिएको घुसको दृश्य हो । यो नाकाबाट आउने ठुला व्यापारीहरुको सामान ठुलै अफिसरहरको संलग्नता हुन्छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस