गएको अंकमा विरजञ्ज भन्सारमा खटिएका सशस्त्र प्रहरीले भारतबाट सामान ल्याउने सर्वसाधारण घुस लिएको देखायौ । देशको ७० प्रतिशत भन्दा बढि राजश्व संकलन हुने यो विरगंज भन्सार नाका यहाँ शसस्त्र प्रहरी खुलेआम यसरी घुुस लिइरहेका हुन्छन् । हामीले सशस्त्र प्रहरीले खुलेआम घुस लिएको देखाएपछि त्यहांका प्रमुख डिएस्पी रमवहादुर कार्कीलाई यस विषयमा जानकार गरायौ । तपाईको मातहत खटिएका प्रहरी खुलेआम घुस लिईरहेकाछन् भन्दै भिडियो देखाउदा पनि उहां लाईभ कार्याक्रममा बोल्न मान्नु भएन् । बिहिवार यो दृश्य देखाएपछि हामी टिम पुन शनिवारको कार्याक्रमको फलो अपका लागि विरजञ्ज भन्सार कार्यालय पुग्यौ । बाहिर पट्टी घुस लिएको नदेखिएपनि शनिवार यात्रुको सामान चेक गर्न राखिएको यो पोष्टमा सर्वसाधारणसंग पैसा असुलिदै रहेछ । भारतबाट सामान ल्याउने सर्वसाधारण मानिसलाई सामान चेकिङका लागि भनेर यो चेक पोष्ट भित्र लगिन्छ । अनि सामानक अनुसारको घुस यसै चेकपोष्टमा लिईन्छ । यहां ५० रुपयां देखि ५० हजार सम्म घुस लिने गरिन्छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस