रेखा थापाको चलचित्र “रुद्रप्रीया” हलहरुमा चलिरहेको अवसरमा रेखाले एसिड प्रहारबाट पिडित समाजकी बास्तबिक रुद्रप्रियासंग गरेको फेसबुक लाइभ कुराकानी हाल अत्याधिक चर्चामा रहेको छ ।

एसिड प्रहार जस्तो अमानवीय काम गर्ने अपराधीहरुलाई हदै सम्मको सजाय हुनुपर्नेमा पीड़ितको जोड छ। उनले आफ़नो बिगत सम्झेर भनिन – “मलाई एसिड आक्रमण गर्ने मानिस जेलबाट फ़र्केपछि मेरो सुरक्षाको ज़िम्मेवारी राज्य र क़ानूनले गर्न सक्छ?” सो आक्रमण पछि दैनिक आख़ाबाट आशु आइरहने उनले बताईंन! उनले क़ानूनले तोकेको १० बर्षको सजाय अत्यन्त कम रहेको र त्यो बढ़ाउनु पर्ने बिचार ब्यक्त गरिन।

रुद्रप्रिया फ़िल्ममा रेखाले एसिड आक्रमणमा परेकी महिलाको मेक अप गरेपछि एक महीना सम्म आख़ामा आशु आएको अनुभव पनि सुनाइन ।  उनले राजयलाई महिलामाथी हूने अत्याचारको सजाय बारे पनि पुनर्बिचार गर्न आग़्रह गरिन र त्यसैको लागी यो फ़िल्म बनाएको समेत जिकिर गरिन ।

साभार : रेखा थापाको फेसबुक पेज

कमेन्ट लेख्नुहोस