मोरंङको बेलबारीमा एक दलित किशोरीलाई पैसा चोरेको आरोपमा छिमेकीहरुले हात बाँधेर मुखमा मोसो दली सिस्नु पानीले कुटदै चरम अमानविय यातना दिएका छन । मोरङको बेलबारी नगरपालिका २ देबी झोडामा स्थानीयहरुले पैसा चोरेको आरोपमा स्थानीय परियार थरकी १४ वर्षिय किशोरीलाई बिहिबार दिउँसो त्यसरी चरम रुपले अमानविय यातना दिएका थिए । स्थानीय कबिर मावीमा ६ कक्षामा अध्ययनतर सुकुम्बासी परिवारकी ती दलित बालिकालाई पैसा चोरेको अराोपमा सार्वजनिक स्थलमा हात बाँधेर मोसो दलि सिस्नुले हिर्काउँदै चरम अमानबिय यातना दिँदै गर्दा इलाका प्रहरी बेलबारीको टोलीले उद्धार गरेको थियो । बालिकाले सात सय पचास रुपैया चोरी गरेको छिमेकीको आरोप छ । तर पिडित बालिकाले चाँही आफु दिएको ऋण लिनुपर्ने भएकोले पैसा लिएको बताएकी छन । प्रहरीले घटनामा संलग्न उनका आफ्नै काका बिरजंग परीयार सहित अनिता दनुवार, दुर्गा चौधरी, कुलदीप दनुवार,गोविन्द थापा मगर,मनकुमारी तामाङ,हर्कमाया थापामागर अहिले प्रहरी नियन्त्रणमा छन् । यातनाबाट बालिकाको शरिर भरि निलडाम र चोट लागेको थियो । उनको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस