चराहरू !!!

अनन्त आकाशमा उड़ीरहेका एक हुल चराहरू;

मानौ लामों यात्राको तयारीमा

विश्राम पछिको सुस्केरा हाल्दै

आफ्नै जीवनमा भयानक तूफ़ान ल्याऊने कोशिसमा छन् ।

एकै रेखामा बसेर समानान्तर सोचका साथ

अघि वढदै,

रंगिन घरहरुले पुरेका , भत्काएका आफ्ना गुडहरु सम्झदै;

एकपटक सारा शहर शून्य वनाएर

जंगल फर्कने तयारीमा छन् ।

~ ऊभयचर

 

 

 

 

 

कमेन्ट लेख्नुहोस