बालाजु प्रहरी वृतको ५ लाख घुस काण्डका फरार प्रहरी हवल्दार मनोज यादवलाई अख्तियार दुरुप्रयोग अनुशन्धान आयोगले नियन्त्रणमा लिएको छ । हामीले बालाजु थौकीमा मानिसलाई अपहरण शैलीमा हिरासतमा राखी २० लाख सम्म फिरौती मागेको देखायौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोे सहयोगमा धनेश्वरका गंगा देवान र उनकी श्रीमती विनिता देवानबाट घुस लिदाँलिदै बालाजु प्रहरी वृतका प्रहरी सहायक निरीक्षक चन्द्र सिंह भाट सहितको टोलीलाई रंगेहात समाइ पर्दाफास गरेको थियौँ । यसमध्ये गिरोहका मुख्य नायक चन्द्र सिंह भाट,जवान पुष्कार शाह र मनमैजुमा विन्दवासीनी बालुवा डिपो सञ्चालक विनोद थापालाई अख्तियारको टोलीले तत्काललै नियन्त्रणमा लिएको थियो भने हवल्दार मनोज यादव फरार थिए । अख्तियारका अनुसन्धान अधिृकतले उक्त घटनामा अन्य प्रहरी अधिकारीहरुको सलग्नता रहेको नरहेको वारे अनुसन्धान गरिरहेका छन ।

कमेन्ट लेख्नुहोस