झापामा ११ बर्षीय लक्ष्मण शिवाकोटीको रहस्मय मृत्युबारे छानबिन गर्न माग गर्दै शुक्रबार प्रदर्शनमा उत्रिएका स्थानीय माथि प्रहरी गोली चलाएको छ । शिवाकोटीको हत्या प्रकरणमा प्रहरीले दोषी उम्काउन खोजेको र मुद्वा कमजोर बनाउन खोजेको भन्दै स्थानीयले प्रर्दशन गरेका थिए । प्रदर्शनकारीहरुले गाडी चलानउे,तोडफोड गर्न लागेपछी प्रहरीले अस्युर ग्यास प्रहार तथा हवाइ फायरीङ गरेको थियो । तर आन्दोलन ले रुप लिएपछी प्रहरीले गोली चलाएको थियो । कफ्युको समयमा प्रहरीले चलाएको गोली लागि स्थानीय नरेश थापा मगरको ज्यान गएको छ । साथै सात जना घाइत भएका थिए । थापाको ज्यान गएपछी शुक्रबार बिर्तामोड तनावग्रस्त बनेको थियो । शिवकोटीको हत्या पछि उत्पन्न परीस्थीतलाई नियन्त्रण गर्न जिल्ला प्रसासन कार्यालय झापाले बुधबार देखी कफ्यु आदेश जारी गरेको थियो । एक बालकको हत्या बिषयमा निस्पक्ष छानबिनको र दोषीलाई कारवाही माग गर्दे प्रदर्शनमा उत्रिएका अन्य व्यतmीहरु माथी नै गोली प्रहार हुनु र एक अर्को सर्वसाधारणले ज्यान गुमाउनुको घटनालाई सामान्य रुपमा लिन सकिदैन । शनिबर मृतक थापाको परीवारलाई १० लाख राहात दिने सहमती भएको छ भने प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्ला तानेर उनको ठाँउमा जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी जितेन्द्र बस्नेतलाई विर्तामोडमा खटाइएको छ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस