काठमाडौमा बारम्बार अपराधीक घटनामा चर्चा चल्ने नाम हो राजीव गुरुङ अर्थात दिपक मनाङे । गुण्डा नाईके भनेर चिनिने दिपक मनाङेलाई एमाले मनाङले प्रदेशसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफरिस गरेको छ । उन्लाई मंसिर १० गते हुने पहिलो चरणको चुनावमा माथिल्लो मनाङको नेस्याङ र नारफ गाँउपालीका सम्मिलीत क्षेत्रबाट प्रदेश सभाका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारीस गरिएको हो । माथिल्लो मनाङका उनि प्राय काठमाडौमा बस्छन् । पहिले नेपाली कांग्रेसमा सक्रिय देखीने उनि स्थानीय तहको पहिलो चरणको निर्वाचनसम्म राप्रपाको राजनिती गर्दै थिए भने केही साता अघि मात्रै दलबल सहित एमालेमा प्रवेश गरेका हुन । शान्ती सुरक्षामा असर पारेको भन्दै बारम्बार प्रहरी थुनामा पर्छन । अवैध असुली र गुन्डागर्दीको आरोपमा उनी र उनको समुह पटक पटक पक्राउ परेको छ । यस्तै अकुत सम्पत्ती आर्जनको आरोपमा सुद्वीकरणमा समेत मुद्वा चलेको थियो । यसरी खराब नजीरका एक व्यतmीले नेकपा एमालेले उमेदवार बनाउँदै छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस