नेपालको प्रचलीत कानुन अनुसार कुनै पनि सार्वजनीक सेवामा सेवा शुल्क लिन नपाइने व्यवस्था छ । तर यहि व्यवस्था विपरीत नेपाल बिद्युत प्राधिकरणले उपभोतmाबाट सर्भिस चार्ज अर्थात सेवा शुल्क लिइरहेको छ । हाम्रा धेरै दर्शकले नेपाल विद्युत प्राधिकरणलाई आँफुले उपभोग गरेको विद्युतमा थप सेवा शुल्क तिर्नु परेको भन्दै गुनासो गरेका छन् । गत बर्षदेखी देशभरका उपभोतmाले बिद्युत शुल्क बाहेक थप सेवा शुल्क तिरीरहेका छन् । प्रतिनिधी बिलका रुपमा यो नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रबाट मिटर रिडीङभई उपभोतmाले तिरेको रसिद हो । ललितपुरकी रामा शर्माको मिटरमा ४ यस १० रुपयौँ तिर्नुपर्ने शुल्क उल्लेखीत छ भने यो शुल्कको तल १ सय २५ रुपयाँै सर्भिस चार्ज अर्थात सेवा सुल्क उल्लेख गरीएको छ । शर्माले हरेक महिना यसरी विद्युत महशुल वाहेक सेवा शूल्क तिर्नु परीरहेका छ ।

कमेन्ट लेख्नुहोस