पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा भुसिया कुकुरको विगविगको बिषयमा हामीले कार्यक्रमको यस अघिको श्रृङखलामा रिपोटीङ गरेको थियौँ । अस्पतालको अति संवेदनशिल क्षेत्र ईमेरजेन्सी कक्ष र प्रसुती कक्षमै कुकुर पुग्ने गरेको देखाएका थियौँ । र यस बिषयमा अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यसँग लाइभ कुरा गरेका थियौँ । उनले केही दिनमा सुधार गर्ने बताएका थिए । तर हाम्रो टिम शनिबार अस्पताल परीसरमा पुग्दा पनि अस्पतालको अवस्था उस्तै थियो । कुकुरलाई अस्पतालका कक्षहरुमा प्रवेश गर्न रोक गलाउनु कुनै ठुलो काम होईन । तर अस्पताल प्रशासनलेनै तदारुक्ता नदेखाएका कसले के गर्न सक्छ र ?

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस