Kantipur Samachar | कान्तिपुर समाचार, २२ भाद्र २०७४

आजको मुख्य समाचार :

* प्रदेश नम्बर २ को स्थानीय चुनावमा ६ हजार ६ सय २७ पदका लागि ३४ हजार भन्दा बढीको मनोनयन, हिजै सकिनुपर्ने मनोनयन आज विहान ११ बजेसम्म लम्बियो ।

* निजामति सेवामा एक दशक अघि शुरु भएको समावेशी नीतिमा सैद्धान्तिक अस्पष्टता, अधिकारको फाइदा टाँठाबाठालाइ, अवसर विपन्न वर्गसम्म पुगेन ।

* जनप्रतिनिधीको स्मार्टसिटी योजना नारामै सिमित, फोहर व्यवस्थापन नहुँदा ललितपुर महानगर दुर्गन्धित, काठमाडौ महानगरका प्रमुख भन्छन्- कानुन नहुँदा काम गर्न सकिन ।

* क्यारेबियन क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण ९ जनाको मृत्यु, बारबुडा र सेन्ट मार्टिन टापूको जनजीवन अस्तव्यस्त ।

* अन्डर सिक्सटिन साफ बास्केटबल च्याम्पियनसीपमा नेपाल बंगलादेशसँग पराजित, अर्को खेलमा भुटानले माल्दिभ्सलाई हरायो ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस