Kantipur Samachar | कान्तिपुर समाचार, १९ भाद्र २०७४

आजको मुख्य समाचार :

* भ्रष्टाचार र फौजदारी अभियोगमा सजाय पाएका व्यक्ति उम्मेद्वार हुन नपाउने प्रावधान सहितको निर्वाचन विधेयक पारित, मंसिरको चुनावका लागि निर्वाचन आयोगद्वारा साढे १० अर्ब रुपैयाँ माग ।

* नेपालमा सुनको तस्करी बढ्दो, अहिलेसम्मकै धेरै ८८ किलो अवैध सुन प्रहरीद्वारा पक्राउ, केरुङ नाकाबाट ४३ करोड भन्दा बढीको सुन तस्करी भएको खुलासा ।

* रुपन्देहीका अधिकांश आयोजनामा ढिलासुस्ती र लापरवाही, सुरुङ खन्न ल्याइएको उपकरण भन्सारमा रोकिदा भेरीबबई बहुउद्धेश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित ।

* उत्तर कोरियाको आक्रमण रोक्न दक्षिण कोरियाद्वारा मिसायल प्रहारको अभ्यास शुरु, आफ्ना सहयोगी राष्ट्रहरुको खतरा बने उत्तर कोरियालाई सैनिक जवाफ दिने अमेरिकाको चेतावनी ।

* एएफसी एशीयन कप छनौट अन्तर्गत नेपालले भोलि ताजिकिस्तानसँग खेल्ने, स्पष्ट तीन अंक हात पार्ने लक्ष्य सहित मैदानमा उत्रने नेपाली प्रशिक्षकको भनाइ ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस