नेपाल सेनाका अफिसरहरुले सेनाका भवनहरु बनाउदा गरेको भ्रष्ट्राचारका विषयमा हामी निरन्तर फलो गरिरहेका छौ । हामीले यो विषयमा रिपोटिङ गरेपछि पीडित मध्येका एक दुर्गा तण्डुकारले ४३ लाख नगद पाएको देखायौ । हाम्रो रिपोटिङ पछि दुर्गा तण्डुकारले पाउनु पर्ने ७१ लाख रुपयौँ मध्ये मेजर निश्चयजंग रायमाझीले ४३ लाख झोलामा हाली तण्डुकारलाई बुझाए । उन्ले पाउनु पर्ने २१ लाख र तीन बर्षको ब्याज अझै पाएका छैन्न । यस विच हामीलाई एउटा गुमनाम फाईल प्राप्त भएको छ । पठाउनेको हो केही न खुलाएपनि त्यसमा दुर्गा तण्डुकारको सवै रकम तिरिएको भनि नक्कली सहि सहितका कागजाद पेस गरिएको छ । यति सम्मकी २०७२ सालमै दुर्गा तण्डुकारलाई सवै रकम दिइएको भनि फर्जी सहि राखिएको छ जवकी मेजर निश्चयजंग रायमाझीले तण्डुकारलाई ४३ लाख नगद दिएको एक महिना पनि भएको छैन् । यो फाईल कसले पठाएको हुनसक्छ भनि हामीले तण्डुकारसंगै जिज्ञासा राख्यौ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस