अस्थायी शिक्षकहरुको समस्या समाधानको लागि भन्दै शिक्षा ऐन २०२८ मा गरीएको नवौं संसोधन विवादीत बनेको छ । सांसदहरुकै विरोधका बिच पनि संसदबाट बुहमतले पारीत संसोधनले शिक्षामा नयाँपन आउन रोकेको भन्दै आलोचना भएको हो । विधेयकमा अस्थायी शिक्षकलाई परीक्षामा फेल भएपनि आर्थिक सुवीधा दिने र ६० प्रतिशतलाई आन्तरीक प्रतिस्पर्धाबाटै स्थायी गरीने व्यवस्था थपीएपछी शिक्षक हुने चाहान राखेर लाइसेन्स लिएर बसेका ४ लाख जनशतmी मर्कामा पर्ने भएका छन् । साथै संसदबाट पारीत शिक्षा ऐनको नवौं संसोधन न्यायोचित नभएको भन्दै उच्चस्तरिय शिक्षा आयोगका सदस्यहरू शिक्षाविद द्वय केदारभक्त माथेमा र प्रा.डा. मनप्रसाद वाग्लेले आयोगबाट अलग हुने घोषणा गरेका छन । उनीहरुले संसदले पारित गरेको शिक्षा ऐन नवौँ संशोधनले नेपालको सार्वजनिक शिक्षा अर्को २५ वर्षसम्म उँभो नलाग्ने गरी थला परेको भन्दै आयोगबाट बाहिरीएका हुन । स्तन्त्र र दक्ष युवाहरू शिक्षा क्षेत्रमा प्रवेश गर्ने सम्पूर्ण ढोका बन्द गरिएका शिक्षाविदहरुको भनाइ छ

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस