उनी सुनसरीका मनोज कुमार मण्डल, गाँउमा गरी खाने केही नभएपछी भएको खेतबारी ८० हजारमा बन्दीकी राखेर विदेश जाने सपाना बोकेर काठमाडौ आए । उनि मेनपावरको खोजीमा गौशालामा रहेको पिंगला स्थानमा रहेको पशुपती ओरीन्टेसन एण्ड टेर्नीङ सेन्टर प्राली पुगे । टेर्नीङ सेन्टर सञ्चालक किशुलाल महतो आफ्नै क्षेत्रका रहेको थाहा पाएपछी आँफुलाई विदेश पठाइदिन आग्रह गरेर । टेर्नीङ सेन्टर सञ्चालक किशुलालले मेनपावरको समेत काम गर्दा रहेछन् । महतोेले मण्डललाई साउदी अरेवीयामा सुपरमार्केट किलीनरमा पठाइदिने भन्दै ४५ हजार र पासर्पोट मागे । र १५ दिन पछी आउन लगाए । १५ दिन पछी आउँदा भिषा आइसकेको बताउँदै उनलाई भिषाको फोटोकपी दिएर पासर्पोट र भिषा लिन सिनामंगलकै अर्को एक मेनपावरमा पठाए । जसको कुनै नाम नै छैन । त्यहाँ पुग्दा उनिसंग त्यसका सञ्चालक मनोज शाह र बालेश्वर यादवले थप ९० हजार मागेको मण्डल बताउछन् । गाँउमा भएको सबै घरजग्गा साउको बन्दकी राखेर ८० हजार लिएर काठमडौ आएका उलने ४५ हजार किसुलाललाई बुझाए, ५५ सय मेडीकलको लागि बुझाए भने बाँकी पैसा पटक पटक काठमडौ आउँदा बस्दा नै सकीसक्यो । हाम्रो कार्यालयमा आउँदा उनको गोजीमा २ सय १० रुपयौँ मात्रै थियो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस