लमजुङस्थीत जिल्ला वन कार्यालयमा भएको भष्ट्राचार काण्डमा जो चोर उसकै ठुलो स्वर भने जस्तै भएको छ। कुनै पनि कार्यालयको सुचनाको लागि सुचना अधिकारीनै आधिकारीक व्यतmी हो । यहि आधिकारीकताको दुरुपयोग गर्दै जिल्ला वन कार्यालय लमजुङका सुचना अधिकार काशीराज पण्डीतले कार्यालय प्रमुख दुर्गा बहादुर कार्कीले कार्यालयमा लुट मच्चाएको सुचना दिएका थिए । हामीले यो बिषयमा रिपोटीङ गरेपछि बन विभागले जिल्ला वन कार्यालय लमजुङको भष्ट्राचारको बिषयमा छानबिन थाल्यो । खासमा कुरा के रहेछ भने सुचना अधिकारीले आरोप लगाए जस्तो कार्यालय प्रमुखको भुमीका नदेखीएपछी उल्टै गलत सुचना सञ्चार माध्यमलाई दिने सुचना अधिकारी अनुशन्धानको घेरामा तानीएका छन् । वन विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्यका अनुसार अहिले सुचना अधिकारी काशीराज पण्डितलाई विभागमा हाजीर गराइएको छ । कार्यालय प्रमुख कार्कीको बिषयमा छानबिन सकीएको र सुचना अधिकारी पण्डित माथीको छानबीन जारी रहेको छ । बिभागका अधिकारीका अनुसार सुचना अधिकारी पण्डित लामो समय देखी लमजुङमा बस्दै आएका छन् । सुचना अधिकारी पण्डीत नेपाली कांग्रेस निटक ट्रेड युनियनसंग आवद्ध रहि जिल्लामा राजनीति गर्दै आचएका छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस