ईमाडोल ७ रहेको चिल्ड्रेन गार्डीन बोडिङ स्कुलका सञ्चालक प्रिन्सिपल मिलन शाक्यले स्कुलमा पढ्ने छात्राहरुलाई यौन दुरव्यभार गर्न गरेका रहेछन् । मंगलवार एका विहानै निन्द्रामै एउटा कल अयो । फोनमा कुरा भए लगत्तै हामी ईमाडोल तिर लाग्यौ । हामी पुग्दा अबिभावक, प्रिन्सिपल र स्कुलका अन्य व्यक्तीहरु छलफलमै थिए । केही वेर हामी वाहिरै कु¥यौ । यसै विच हामी आएको थाहा भएपछि पीडित विद्यार्थी बहिनिहरु हामीसंग कुरा गर्न आए । उनिहरुले आफुमाथि भएको दुब्यभारको विस्तृतमा बताए । त्यसपछि हामी स्कुल भित्र प्रवेश ग¥यौ । विद्यार्थीको कुरा सुनिसकेका हामीलाई यो विषयले अत्यन्त पीडा दियो । स्कुलमा यो सत्य नभएको भन्दै प्रिन्सिपल मिलन शाक्य बोलिरहदा हामी त्याहां पुग्यौ । यसरी आफ्नो गल्ती स्विकार्न नमानेपछि हामीले यो विषयलाई स्थानिय प्रशासनलाई जिम्मा लगायौ । स्कुलमा हामी रहदा अन्य धेरै विद्यार्थीहरु थिए जो यस्तो घटनाबाट पीडित बन्दैआएका थिए । तर सवैले क्यामेरामा बोल्ने साहस गरेन्न । केही वेरको वसाईमा हामीले केही अभिभावकहरुलाई पनि भेट्यौ । यति सम्मकी यि प्रिन्सिपल यौन दुरब्याभार गर्छन भरेर थाहा पाउदा पनि आफ्नै छोरिहरुलाई बच्न भनिदो रहेछ । त्यही स्कुलकी पूर्व शिक्षिका दिपा श्रेष्ठ यि प्रिन्सिपलको चरित्र ठिक नभएको हुनाले आफ्नी छोरीलाई होसियार हुन भन्दै आएकी थिईन । नभन्दै उन्कै छोरी माथि प्रिन्सपलले यौन दुरब्यभार गरे ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस