आफ्ना बाबुलाई कलेजो दिएकी काठमण्डौ लगनकी २४ बर्षीय सरीता महर्जनकी आमा मञ्जु मर्हजनको दुवै मृगौला फेल भएको बिषयमा हामीले रिपोटीङ गरेका थियौ । यसपछी सरीता महर्जनकी आमा मञ्जु महर्जनको मृगौला टान्सपलान्टको लागि हाम्रा केही दर्शकहरुले रकम सहयोग गर्नुभएको छ । इजरायलमा रहनुभएका नेवा खल समुदायले मर्हजनको उपचारको लागि १ लाख ८ हजार रुपयाँै सहयोग गर्नुभएको छ । इजरायलमा रहेको नेवा खलका सदस्यहरुले सगुन प्रधान र दिपेन श्रेष्ठले हाम्रो कार्यालयमै आएर सरीता मर्हजनलाई रकम हस्तान्तरण गर्नुभएको हो । यस्तै समाज कल्याण गतिविधी नेपालमा आबद्व हाल अमेरीकामा रहेकी ११ बर्षीय अर्मानी महर्जनले त सरीता महर्जनकी आमाको लागि न्यु योर्कमा डोनेसन संकलन अभियाननै सुरु गरीन । आफ्नो जन्मदीनमा संकलन गरेको रकम र संकलीत रकम उनका मामा गणेश महतरा मार्फत हस्तान्तरण गरीएको छ । ति सानी नानिले उक्त रकम हाम्रो हातबाट सरिताको परिवारले पाओस भनि भिडियो नै पाएकी छिन् । यस्तै पुर्व बेलायती सैनीक हाल बेलायतमा रहेका प्रेम राई र सबीता राईले हामीमार्फत उन्लाई १० हजार रुपयौ सहयोग गरेका छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस