नेपालीहरुको महान चाड दशैका लागि दशैका लागि विदेशमा रहेका नेपालीहरु स्वदेश आउने क्रम बढ्दो छ । तर यहि समयमा काठमाडौ बाहिरी जिल्ला जाने सवारीसाधन र एयरलाईन्स मात्र नभई ईन्टरनेश्नल एयरलाईन्सहरुले पनि यात्रुहरुलाई दुख दिने गरेका छन् । सवारी चापकै बाध्यताको मौका छोपी विदेशी विमान कम्पनीहरुले नेपालीहरुलाई कसरी अप्ठ्यारोमा पार्छन भन्ने कुरा भारतीय एरलाइन्स कम्पनी जेट एरवोयजको घटनाले देखाएको छ । उनिहरु साउदी अरेवीया, कतार, कुवेत, युएई र युरोपका देशहरुाबाट १९ सेप्टेम्बरको राति जेट एरवोजको विमानबाट नेपालको लागि उडे । टिकटमा मुम्बईमा ४ घण्टाको मात्रै ट्रान्जीट थियो । तर जेड एयरवेजले ४८ घण्टा सम्म यात्रुलाई विमानस्थको भुईमा राख्यो । जवकी जेट एयरलाईन्सको आफ्नै नियममा पनि ८ घण्टा भन्दा बढी ट्रान्जिट राख्न परे यात्रुहरुलाई ५ तारे होटलमा रात्रुहरुलाई राख्नु पर्ने हुन्छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस