यो देश भनेको राजधानि काठमाण्डौ मात्र होईन् । त्यसैले हामी यो कार्यक्रममा मुलुकका विभिन्न ठांउका विषयहरु उठान गर्छाै । जस मध्ये सडकको दुराअवस्था हाम्रो प्रमुख विषयमा पर्दछ । कार्यक्रमको यस अघिको अंकमा हामीले देखायौ उदयपुर त्रियुगा नगरपालिका स्थित जलजले देखी चुहाडे भण्टवारीको सडक निर्माणको काम पुरा नहुदै बनाएको सडकमा खाल्डा परेको । ईलाईट विकास जेभी र जाल्पा विल्डर्सले बनाउन लागेको यो सडकमा सडक विभागका कर्मचारीले के अनुगमन गरे ? हामीले यस अघिको कार्यक्रममा पनि सडक डिभिजन कार्यालय लाहानका प्रमुख रामकुमार देवलाई सम्पर्क गरेका थियौ । त्यो दिन उन्को फोन उठेन । आज फेरी हामीले सम्पर्क गरेका छौ सडक डिभिजन कार्यालय लाहानका प्रमुख रामकुमार देवलाई ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस